काठमाडौं, १७ फागुन/ महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्माले प्रधान सेनापति प्रंशसा निशानको प्रशस्ति बाट सम्मान गरिएको छ ।

नेपाली सेनाको भावनासंग जोडिएको "ऐतिहासिक चिसापानी गढी पुर्ननिर्माण र संरक्षण कार्यको गुरूयोजना", निर्माणका लागि बजेट विनियोजन र मकवानपुर जिल्ला स्थित नेपाली सेनाको ईकाईहरूको आन्तरिक सडक संरचना विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको हुनाले सेना दिवस-२०७८ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा अध्यक्ष लामालाई सम्मान गरिएको हो ।भीमफेदी गाउँपालिका, संस्कृति पर्यटन मन्त्रालय र पुरातत्व विभागको संयुक्तको लागतमा करिब २८ करोडमा चिसापानी गढी संरक्षण र पुर्ननिर्माण कार्य भईरहेको छ । गाउँपालिकाले केही महिनाअघि मात्र प्रधानसेनापति शर्माको हातबाट गढीको पुर्ननिर्माण कार्यको समुद्घाटन गरिएको थियो ।
- इरोज लामा