‘सूर्यबहादुर थापाको विरासत जोगाउन कांग्रेसमा लागें’

image
मङ्गलबार, श्रावण १३ २०७७

साउन,१३ काठमाडौं । राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका प्रवेश गरेका सुनीलबहादुर थापाले दुईवटा तर्क अघि सारेका छन् : पहिलो- उनका पिता पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा धनकुटा कांग्रेसका संस्थापक सभापति थिए । दोस्रो – उनी आफ्ना पिता सूर्यबहादुरको विरासत थाम्नकै लागि राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

३० जनाभन्दा बढी नेता-कार्यकर्ता लिएर मंगलबार औपचारिकरुपमै नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री थापाले कम्युनिस्टहरुको विकल्पमा प्रजातान्त्रिक धारलाई बलियो बनाउनुपर्ने आवश्यकता महसुुस गरेर राप्रपा परित्याग गरेको बताए ।

अन्तरवार्तामा थापाले भने, ‘अहिले नेपालको पोलिटिकल पावर एकातिर (कम्युनिस्टतिर) ढल्किएको छ । राजनीतिक सन्तुलनका लागि पनि डेमोक्रेटिक इन्स्टिच्युसन बलियो बनाउनुपर्ने अवस्था आएको छ । र, त्यसको साधन नेपाली कांग्रेस मात्र हो ।’