सुनचाँदीको मूल्य कतिले घट्यो ?

image
शुक्रबार​, पौष १ २०७९

 पुस १, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।