मध्य भोटेकोशी जलविद्युत कम्पनीको आई पि ओ निस्कासन आज हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।
कम्पनीको कुल सेयरमध्ये ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।
बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज १० बजेबाट उक्त कम्पनीको सेयरमा आवेदन दिन सकिने छ । यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।