एसईईको नतिजा आज सार्वजनिक हुने ।

image
बुधबार, श्रावण ११ २०७९

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । साथै एसईई नतिजा सार्वजनिक गर्नु अघि दिउँसो १ बजे बोर्ड बैठक गर्ने बताएको छ ।

मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दु:ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए । 

कोरोना माहामारीका कारण २ बर्ष पछि परीक्षा बोर्डले नै एसईई सञ्चालन गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले

यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।

एसईईको नतिजा results.ekantipur.com लगअन गरी हेर्न सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।