महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्दैन : नारायण काजी

image
बुधबार, श्रावण १४ २०७७

साउन, १४ काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ठूलो मेहनत गरेर र महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु नहुने र नफुट्ने बताउनुभएकाे छ ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शान्त हुन आग्रह गर्नुहुँदै विवेक प्रयोग गरेर पार्टी फुट्न दिन नहुने बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘कमरेडहरु! शान्त होऔं, विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठूलो मेहनत गरेर र महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन, फुट्न दिइँदैन र फुट्दैन।’

मंगलबारको स्थायी कमिटीको बैठकसम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझ्न आग्रह पनि उहाँले गर्नुभएकाे छ ।  ‪’हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं । यो बिधिको बिषय हो। पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन,’ उहाँले लेख्नुभएकाे छ ।

उहाँले फेरि पनि दुई अध्यक्ष र आफूहरु छलफल गरेर बैठक सुचारु गर्ने र संकटको निकासको दिशामा अघि बढ्ने बताएका बताउनुभएकाे छ । ‪उहाँले लेख्नुभएकाे छ- ‘फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्छौं । सिधा,खुला र स्पष्ट छलफलद्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ ।’

उहाँलेकाे  स्टाटस  जस्ताकाे तस्तै

हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं । यो बिधिको बिषय हो।पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन।फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्छौं।सिधा,खुला र स्पष्ट छलफल द्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ।कमरेडहरु! शान्त होऔं,विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठुलो मेहनत गरेर र महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन,फुट्न दिईदैन र फुट्दैन।‬