असार २० गतेबाट पटक पटक सर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

image
मङ्गलबार, श्रावण ६ २०७७

साउन,६ काठमाण्डाैँ। असार २० गतेबाट पटक पटक सर्दै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी सृजना भएपछि करिब ६ पटक मिति सरेपनि बैठक बस्न सकिरहेको छैन ।

असार २६ गते तेस्रो पटक रोकएको बैउठकले बाढी पहिरोको कारण मुलुकमा जनधनको क्षति भएको भन्दै साउन २ गतेलाई सारिएको बैठक ४ गतेलाई साररिएको थियो । तर ४ गते पनि बैठक बस्न नसकेपछि बैठक आज ६ गते बिहान ११ बजेका लागि सारिएको थियो । त्यसयता पनि दुई अध्यक्षबीच कुनै सहमति जुट्न नसकेका कारण आजपनि बैठक बस्ने भन्ने पूर्ण रुपमा निश्चित भने छैन ।

 

पार्टीको अधिकांश नेताहरुले दुई अध्यक्ष मिल्नुको बिकल्प नरहेको अन्तिम निष्कर्ष निकालेका छन् । र दुई अध्यक्षलाई मिल्न भरपुर दवाब दिइरहेका छन् । शनिबारको सचिवालय बैठकमा दुई अध्यक्षले मंसिरमा महाअधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

दुवै अध्यक्षको यो प्रस्तावले ओली र प्रचण्डाको सहमति भएको भन्ने धेरैले अनुमान गरेका थिए । उता बरिष्ठ नेता माधव नेपालले सो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै ओली र प्रचण्डको चोचोमोचो मात्रै आफुलाई मान्य नहुने भन्दे संसकित बन्नुभएको थियो । त्यसपिछ आइतबार बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका नेता नेपालले ओलीसँग के सहमति भएको हो भनेर राय माग्नुभएको थियो । तर प्रचण्डले ओली र ओली निकटका नेताहरुले बाध्य बनाएर शीतल निवास पुर्याएको र त्यहाँ पुगेपछि आफूलाई बदनाम गराउन खोजेको प्रतिकृया दिनुभएको थियो ।

त्यस्तैगरी सोमबार हिजोपनि नेकपाका स्थायी सदस्यहरु अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । ती नेताहरुले ओलीसँग मिलेर पाटी एकतालाइ कायम राख्दै बाँकी काममा लाग्न सुझाव दिएका थिए । प्रचण्डले पनि अर्का अध्यक्ष ओलीसँग मिल्नु पर्ने बताउनुभएको थियो । उहाँले जति झगडा गरे पनि अन्तिममा ओलीसँगै सहमति गनुपर्ने बताउनुभएको थियो । केही समय बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पक्षसँग एक स्वरले पार्टी र सरकार संचालनमा ओली असफल भएको भन्दै दुवैपदबाट राजीनामा दिनुपर्ने प्रचण्डको अडान अहिले केही नरम भएको छ ।