साउन,१४ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनलगायतका गतिविधि गरेको भन्दै चर्को विरोध गरेका छन् ।बैठकले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘महाधिवेशन निश्पक्ष, स्वतन्त्र हुने ग्यारेन्टी गर्ने काम सभापतिको हो’ बैठकमा सहभागी पौडेल समूहका एक नेताले भने, ‘महाधिवेशनलाई प्रभावित पर्ने तरिका गतिविधि रोक्न सभापतिको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’