प्रचण्डको दाबी : केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो

image
शुक्रबार​, श्रावण ९ २०७७

साउन,९ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताए । ‘…किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ’ उनले भनेका छन् ।

अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरे ।