भर्खरै : काठमाडौंमा भूकम्पको धक्का...

image
मङ्गलबार, कात्तिक २५ २०७७

कात्तिक, २५ काठमाडौं ।मंगलबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।  बजेर २८ मिनेटको आसपासमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प कति म्याग्निच्युटको हो र केन्द्रबिन्दु कुन ठाउँ हो भन्ने बारेमा जानकारी प्राप्त भएको छैन । उपत्यकाका विभिन्न स्थानबाट धक्का महसुस गरिएको खबर प्राप्त भएको छ। भूकम्पको धक्का ठूलो नभएर सानो धक्का भएकाले धेरै व्यक्तिहरुले भने उक्त कम्पन महसुस गर्न सकेनन् ।

भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प जाँदा काठमाडौं लगायत तराइ विभिन्न जिल्लामा समेत कम्पन महसुस गरिएको थियो ।पछिल्लो समय ४ रेक्टर स्केल वा सोभन्दा साना भूकम्पहरु गइरहेका छन् ।