माघ,११ काठमाडौं ।आज विवाह बन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु इन शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राईलाई काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भइरहेको भोज मा पुगेर प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
एलिस रिसेप्शनमा नक्सालस्थित प्रहरी मुख्यालय पछाडि पर्दछ ।

मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु ईन शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए ।
मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलानिया पनि एक चर्चित मोडल हुन् ।
अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि सम्भवत पहिलो र नौलो हुनसक्छ ।

केही समगअगाडी “म मुख्यमन्त्रीको श्रीमती हुँ” भन्दै अदालतमा अंशमुद्दा समेत दायर गरेकी बालिका खड्काले मुख्यमन्त्रीमाथि मानवअधिकार र महिला आयोगमा उजुरी दिएकी छिन् ।