माघ,२४ काठमाडौं । काठमाडौं उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।आज बिहानदेखि बढेको चिसोका कारण काठमाडौं उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ भने भक्तपुरको पलाँसेमा पनि हिँउ परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ ।महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका केही स्थानमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ । ।आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।