एसईईको नतिजा आज प्रकाशित हुने

image
शनिबार, श्रावण २३ २०७८

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

परीक्षा बोर्डले २०७७ सालको एसईई नतिजा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो । गत वर्ष पनि कोरोनकाको कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि आन्तरिक मूल्यांकनको आधारमा नै नतिजा सार्वजनिक गरेको थियो ।

एसईईको नतिजा  www.see.gov.np, www.neb.gov.np का हेर्न सकिनेछ ।