नेकपा एमाले भिमफेदी–४ मा विभिन्न पार्टी त्याग गरी ११५ जना नेकपा एमालेमा  प्रवेश साथै भुजेलको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन 

image
आइतबार​, भाद्र २७ २०७८

हेटौंडा, २६ भदौं। “जनताको बहुदलीय, जनवाद जिन्दावाद” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिमफेदी गाउँ पालिका वडा नंं. ४ ले शनिबार ११५ जना नेकपा माओवादी र नेपाली काङग्रेस पार्टी परित्याग गरी नेकपा एमाले पार्टी प्रवेशसँगै भुजेलको नेतृत्वमा २१ सदस्यीय नयाँ वडा कमिटि गठन गरिएको छ । भिमफेदी–३ इक्चुङ, बेसारघारी, आँपचौर, कटुसघारी, भोर्ले, अम्लिङ बसन्ते र भिमफेदी–४ पान्द्राङ, निवुवाटार, गोल्पिङ, रानीखोला र चिउरीबगैंचा गरी ११५ जना नयाँ सदस्यहरुले पार्टी प्रवेश गरिएको हो । 
कार्यक्रममा बोल्नुहुँदै सभाध्यक्ष तथा भिमफेदी गाउँ पालिका वडा नं. ४ का अध्यक्ष क्षेत्र बहादुर पाण्डेले आउने चुनावमा हाम्रो पार्टीले शक्तिशाली विजयी हासिल गर्न पछि नपर्ने र आफ्ना वडाबासीहरुको समस्याहरुको तुरुन्त हल गर्ने गरेको र आउने दिनमा पनि गर्ने बताउनुभयो ।


नेकपा एमाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष महेश बर्तौलाका अनुसार पार्टी फुटिनुका कारणहरु व्यक्त गर्दै भोलीको दिनमा नेकपा एमालेमा रहेका कमरेडहरु आउने दिनमा शुद्ध र निःस्वार्थ रहनुपर्ने बताउँदै स्वार्थी र पदको लोभमा परेका कमरेड साथीहरुले यस पार्टीको रौं पनि हल्लाउन नसक्ने बताउनुभयो । 
जिल्ला सचिवालय सदस्य तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले नेकपा एमालेमा रहेर थुप्रै विकासका कामहरु गरेको र भोलीका दिनमा हुने विकासका कामहरुको योजना सम्बन्धमा साथै आफु जिवनभर यसै पार्टीमा लाग्ने बताउनुभयो । 
भिमफेदी गाउँपालिका कमिटी सचिव सानु थापाका अनुसार पार्टीमा रहेर आफुले धेरै कुरा सिकिएको र आउने दिनमा धेरै कुरा नयाँ पुस्ताहरुलाई सिकाउने बताउँदै पार्टी टुक्रिएर केही पनि फरक नपर्ने बताउनुभयो ।
त्यस्तै मकवानपुर जिल्ला युवा संघका पूर्व २ नं. क्षेत्रीय अध्यक्ष सागर पाण्डेका अनुसार आउने दिनमा युवाहरुलाई लक्षित गर्दै नयाँ कार्यक्रम गर्ने, स्थानीय बासिन्दाहरुको समस्याहरुको पहिचान गरी क्रमबद्ध रुपमा समाधान गर्दै जाने र नेकपा एमालेको आगामी निती तथा नियमहरुको बारेमा स्पष्ट पार्नुभयो । 


वडा नं.–३ का नेकपा एमाले पार्टी अध्यक्ष प्रकाश पौडेलले नयाँ पार्टी प्रवेशसंगै सिंगो पार्टी नै खुसी रहेको हुनाले निःस्वार्थ पार्टीलाई योगदान दिन सबैमा अनुरोध गर्नुभयो ।  
भिमफेदी गाउँपालिका राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बादल सिलवालले नयाँ युवाहरुको पार्टीमा धेरै बहुलियत भएकोले आउने दिनमा हाम्रो पार्टीमा धेरै युवाहरुको संख्याभई पार्टीलाई धेरै सहयोग पुग्ने बताउनुभयो । 
युवा संघ नेपालको जिल्ला सचिवालय सदस्य अनिल अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा भिमफेदी गाउँ पालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष रचिन श्रेष्ठ, नेकपा एमाले वडा नं. ४ का पार्टी सदस्य नविन के.सी., भिमफेदी गाउँपालिका पार्टी कमिटी सदस्यहरु भरत पाख्रिन, सानुकान्छा लामा, भिमफेदी गाउँ पालिका गाउँ कार्यपालिका सदस्य सूर्य बहादुर भजेल, वडा नं. ४ का वडा सदस्य ज्ञानु पुडासैनी, मखमली राना मगर, रमा सुनार र वीर बहादुर थिङलगायत २ सय जनाको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा नेकपा एमाले भिमफेदी गाउँ पालिका वडा नं. ४ का वडा सदस्य केशव लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।