बाराही माविद्वारा छात्रवृत्ति तथा विजयादशमीको शुभकामना आदानप्रदान सम्पन्न

image
बुधबार, आश्वीन २० २०७८

मकवानपुर, २० असोज/भिमफेदी गाउँपालिका वडा नं. ४ निवुवाटारमा अवस्थित बाराही माध्यमिक विद्यालयले छात्रवृत्ति तथा विजयादशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विद्यालयमा अध्ययनरत करिब १४३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
"छाेरा छाेरी दुवै बराबरी भन्ने मुल नारालाई समर्थन गर्दै हरेक अभिभावकहरूले आफ्ना बाबुनानीहरूलाई विद्यालयमा पठनपाठन गर्न पठाउन सहज हुने वातावरण मिलाेस् भन्दै छात्रवृत्ति वितरण गरिएको", विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक सोम लामाका अनुसार छात्रवृत्ति प्रदान गर्दा सबै विद्यार्थीहरुमा खुसी छाउनुको साथै विद्यार्थीहरुको पठनपाठनमा झन् रुची आउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका कर्मचारीहरु, अभिभावकहरु, समितिका पदाधिकारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 
- इरोज लामा