बाराही माविमा विद्यार्थीहरुकाे लागि दाेश्राे मात्राकाे मेड्राेना खाेप कार्यक्रम सम्पन्न

image
बुधबार, माघ ५ २०७८

मकवानपुर, ०५ माघ/ मकवानपुरको भिमफेदी गाउँपालिका–४, निवुवाटारस्थित श्री बाराही माध्यमिक विद्यालयमा १ सय २९ जना विद्यार्थीहरुले कोरोना विरुद्धको मोड्रेना खोप लगाएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल भरका विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष सम्मका विद्यार्थीहरुको लागि दोश्रो मात्राको खोपको कार्यक्रमको आयोजना गरेसंगै भिमफेदी गाउँपालिका अन्तर्गत रहेको बाराही माविका विद्यार्थीहरुलाई निवुवाटारस्थित निवुवाटार स्वास्थ्य चौकीका सिनियर अनमी सानी माेक्तानले खाेप लगाएका हुन् ।
“ओमिक्रोन भाईरस बढेका कारण विद्यालय बन्द भएको कारण केही विद्यार्थीहरुले खोप लगाउन नपाएका”, विद्यालयका प्रधानाध्यापक सोम लामाले बताउनुभयो । उहाँका अनुसार छुटेका विद्यार्थीहरुलाई सम्पर्क गरी यही माघको अन्तिमसम्म खोप लगाईने बताउनुभयो ।  


यसैगरी सरकारले अंग्रपक्तिमा खटिने व्यक्तिहरुलाई भेरोसिल तेश्रो खोपको पनि आयोजना गरेका छन् । तेश्रो भेरोसिलको खोप ७ जना व्यक्तिहरुले लगाएका भिमफेदी–४ निवुवाटार स्थित निवुवाटार स्वास्थ्य चौकीका इन्चार्ज अन्जु झाले बताउनुभयो ।
भिमफेदी गाउँपालिकाले गाउँपालिका भरका विद्यालय तथा स्वास्थ्य चौकीहरुमा विद्यार्थीहरुका लागि मेड्रोना खोप र अंग्रपक्तिमा खटिने व्यक्तिहरुलाई भेरोसिल तेश्रो खोप कार्यक्रम संचालनमा ल्याएका हुन् ।