पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

image
सोमबार, आषाढ १५ २०७७

असार,१५ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।