थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

image
मङ्गलबार, श्रावण ६ २०७७

साउन,६ काठमाडौं । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।