थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

image
बुधबार, श्रावण ७ २०७७

साउन, ७ काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।