असार, ३१ काठमाडौं । उपत्यकाकै नगरपालिकामा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि समुदायमै कोरोना फैलिएको हो कि? भन्ने आशंकमा ललितपुरको महालक्ष्मी नगरपालिकामा समुदायमा पीसीआर परीक्षण गरिएको छ ।
महालक्ष्मी नगरपालिकाका २३ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ७४ जना र समुदायका १३९ जना गरी कुल २१३ जनाको पीसीआर परीक्षण गरिएको हो । महालक्ष्मी नगरपालिकाका अनुसार कोरोना परीक्षण गरिएका २१३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाले समुदायमा गरिएको परीक्षणको नतिजा अनुसार हाल आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ । त्यस्तै, उच्च सतर्कता र सजकता अपनाउनका लागि पनि आग्रह पनि गरेको छ ।