असार,३१एजेन्सी । चिलीमा कुकुरले कोरोना भाइरसबाट संक्रमित मानिसहरुलाई पत्ता लगाउन प्रशिक्षण दिइरहेको त्यहाँको पुलिसले जनाएको छ ।यो प्रशिक्षण लेब्राडोर र तीन गोल्डन रिट्रीवर्सलाई दिइदै छ । यस्तो कुकुरहरु ड्रग्स, विस्फोटक पदार्थ र हराएको मान्छे फेला पार्न प्रयोग गरिन्थ्यो । पशु चिकित्सा महामारी विज्ञानका प्रोफेसर फर्नांडो मर्दोनास यस योजनाको पछाडि छन् । उनले समाचार एजेन्सी एएफपी न्यूजलाई भने, भाइरसको आफ्नै गन्ध छैन तर मेटाबोलिक परिवर्तनका कारण मानिसहरूको पसिनाको गन्ध फरक आउछ।
कुकुरहरूलाई तालिम दिइन्छ ताकि अगस्टसम्म तिनीहरू रेलवे स्टेशन र एयरपोर्टमा जाँच गर्न प्रयोगमा ल्याउन सकिने छ । यस अघि, मेडिकल डिटेक्शन ड्रग्सको युके स्थित संस्थाले यस्तै प्रयोग सुरू गरिसकेको छ जुन धेरै राम्रो रहेको छ।
यो संस्थाले छ कुकुरलाई प्रशिक्षण दिँदै छ । संस्थाका सह संस्थापक र प्रमुख कार्यकारी क्लेयर गेस्ट भन्छन्, कुकुरहरूले ती लक्षणहरू देखाउन थाले । तिनीहरू भाइरसको गन्ध लिन सक्षम छन् । उनले कुकुराहरूलाई मलेरिया, क्यान्सर र पार्किन्सन रोग पत्ता लगाउन प्रशिक्षण पनि दिइसकेको जनाएका छन् ।