उपचारमा खटिएका चार जना नर्समा कोरोना संक्रमण पृष्टि

image
सोमबार, श्रावण १२ २०७७

 साउन,१२ विराटनगर । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नर्सिङ होममा आवद्ध रहेर संक्रमित हुनेको संख्या पाँच पुगेको छ । ६५ वर्षीय बरिष्ठ चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण गरिएको थियो ।

स्वाब संकलन गरेर परीक्षण गरिएका ५८ जना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । ५४ जनाको रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।पोजेटिभ रिपोर्ट आएकाहरु क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् ।