असार,३१ कालिकाेट। कर्णाली प्रदेशमा २४ जना कोरोना संक्रमित थपिदा १३ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, दुल्लु अस्पताल दैलेखबाट ४ जना, नौमुले आइसोलेसन सेन्टर दैलेखबाट ३ जना, सान्नीत्रिवेणी आइसोलेसन सेन्टर कालिकोटबाट ४ जना र पलाँता आइसोलेसन सेन्टरबाट १ जना गरी १३ जना कोरोना जितेर घर फर्किएका छन् ।
योसंगै कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ४ सय ७५ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका १४ जना, दैलेखका ३ जना, जुम्लाका १ जना, अछामका १ जना र सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सल्यानका ३ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ७ सय १४ पुगेको छ ।