कोटेश्वरमा किराना पसलबाट कोरोना फैलियो,पसल सञ्चालकको परिवारको ४ जनामा कोरोना पुष्टि भएपछि ...

image
सोमबार, श्रावण २६ २०७७

साउन, २६ काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक किराना पसलबाट अन्य व्यक्तिमा कोरोना फैलिएको छ ।साउन १८ गते कोटेश्वरमा किराना पसल सञ्चालकको परिवारको चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।

वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म १३ जनामा कोरोना पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी नै छ।थप संक्रमण नफैलियोस् भनेर काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ ।

कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरु किराना पसलमा समान किन्न जाने ग्राहक हुन्। तीमध्ये धेरै मजदुरी गरेर जिविकोपार्जन गरिरहेका छन् ।