रौतहटमा स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि

image
मङ्गलबार, श्रावण २७ २०७७

साउन,२७ रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।

जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।