नेपालमा शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५ सय नाघ्याे ...

image
शुक्रबार​, आश्वीन १६ २०७७

असोज, १६ काठमाडौं ।  नेपालमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ। 

आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ। मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ। 

यसअघि बिहीबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।