५ हजार परीक्षणमा ५११ जनामा संक्रमण पुष्टि, थप ७ जनाको निधन

image
बुधबार, पौष १५ २०७७

पुस, १५ काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणको कारण ७ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिँउसो सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ११० जनाको नमूना परिक्षण गर्दा ३०७ पुरुष र २०४ महिलासहित कूल ५११ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

योसहित नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ६० हजार ५९ पुगेको छ । जसमध्ये २ लाख ५१ हजार ९१२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ६०० जना भाइरसमुक्त भएका हुन् ।

कोरोना भाइरसबाट आजको मितिसम्म १ हजार ८४७ जनाको ज्यान गइसकेको छ । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय मा झरेको छ ।