४ जनाको निधन, ३३६ जनामा कोरोना पुष्टि हुँदा २२६ निको भए...

image
बिहीबार, माघ ८ २०७७

माघ,८ काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ५ हजार ३० जनाको नमूना परिक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये पुरुष २१४ र महिला १२२ रहेका छन् ।

अहिलेसम्म कुल २ लाख ६८ हजार ६४६ संक्रमित पुगेका छन् । जसमध्ये २ लाख ६२ हजार ८६८ जना भाइरसमुक्त भएका छन् । पछिल्लाो २४ घन्टामा २२६ जना निको भएका हुन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।नेपालमा कोरोना निको हुने प्रतिशत ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै क्वारेन्टाइनमा १७२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार ७९९ जना रहेका छन् ।