पछिल्लो २४ घण्टामा काठमाडाैं जिल्लामा ७८६ जना काेराेना संक्रमण....

image
बुधबार, बैशाख ८ २०७८

वैशाख,८ काठमाडौं । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढिरहेकाे छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा काठमाडाैं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।