असार, २८ काठमाडौं । सोमबार र मंगलबार दुई दिन विदेशमा रहेका नेपालीको स्वदेश फिर्ति रोकिने भएको छ । गत २३ जेठबाट सुरुभएको विदशेमा अलपत्र नेपालीको स्वदेश फिर्तिको क्रममा दुई दिनको विश्राम लिइएको सरकारले बताएको छ ।
विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचरीको विश्रामका लागि २ दिन विदेशबाट चार्टर्ड उडान नहुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उद्धारमा खटिएका जहजाजका पाइलट तथा चालक दलका अन्य सदस्यले पनि दुई दिन विश्राम पाउनेछन् ।
‘जुलाई १५ देखि २१ गतेसम्म फेरि उद्धारको तालिका आउँछ,’ लामछिानेले भने,’त्यसपछि के गर्नेभन्नेबारे फेरि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गर्छ ।’
अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा टिकट काटेर चार्टर्ड फ्लाइटबाट फर्किएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले नेपालबाट उडान गरिरहेका छन् ।
कुवेतबाट कुवेत सरकारले आममाफी पाएका नेपालीलाई आफ्नै खर्चमा जजिरा एयरलइन्समार्फत नेपाल ल्याइरहेको छ । केही खाडी मुलुकका एयरलइन्समार्फत पनि सम्बन्धित देशका नेपाली नियोगले चार्टर्ड उडान गराएका छन् ।
अझै पनि विदेशमा नेपाल फर्किन चाहानेको सूचीमा ५० हजार नेपाली छन् । सुरुआतमा उनीहरुलाई क्रमैसँग समस्या हेरेर प्राथमिकतमा आधारमा फिर्ता गर्ने भनिएको थियो । तर, मँहगो टिकट आफैं काट्नुपर्ने र बाटो तथा क्वारेन्टिन खर्च आफैंले गर्नुपर्ने नियमका कारण समस्यामा परेका नेपाली स्वदेश आउन पाएका छैनन् ।
उद्धार थाद्यनुअघि नै विभिन्न दशेका नियोगले नियमित उडान खोल्न सरकारलाई आग्रह गरेका थिए । तर, सरकारले पहलिो चरण्मामा २५ हजार नेपालीलाई चार्टर्ड फ्लाइटमार्फत नै स्वदेश फर्काउने नीति लियो ।
अब भने सरकारले पनि कुनै गन्तब्यबाट नियमित फ्लाइट गराउन सकिन्छ कि भनेर छलफल भने सुरु गरेको छ ।
सहसचिव लामिछानेका अनुसार केही सहज गन्तब्यबाट नियमित उडान थाल्नेबारे छलफल सुरु भएको छ । तर, नेपालले चाहेर मात्रै नियमित उडान सम्भव नहुने भएकाले सम्बन्धित देशको नीति र विधिका आधारमा निर्णय गरिने लामछिानेले बताए ।
‘सबै गन्तब्यमा नियमित फ्लाइट खोल्न सकिँदैन, तर जुन गन्तब्यमा सम्भाव छ, त्यहाँबाट नियमित फ्लाइट खोल्न सकिन्छ कि भनेर छलफलमा छौं,’ उनले भने,’तर नेपालमै पनि संक्रमणको दर बढ्दो क्रमममा रहेकाले निर्णय लिन कठीन छ ।’
सम्बन्धित देशले पनि नेपालबाट नियमित फ्लाइट गर्न चाहानुपर्ने भन्दै लमाछिानेले सबै पक्षको अध्ययन र विश्लेषण गरेर मात्रै निर्णय गर्न सकिने बताए ।