मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न

image
बिहीबार, बैशाख २ २०७८

मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. ४ निवुवाटारमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ । नव वर्ष "२०७८" सालकाे शुभकामना आदानप्रदानकाे पवन अवसरमा अनेरास्ववियु भिमफेदी कमिटीद्वारा प्रतियोगिता गरिएको हाे ।


प्रतियाेगितामा प्रथम हुने आयाेजक टिम अनेरास्ववियु भिमफेदी र दाेस्राे हुने बाराही माध्यमिक विद्यालय निवुवाटारलाई शिल्ड र प्रमाणपत्र सहित प्रदान गरिएकाे थियाे । 

प्रतियोगिताकाे उत्कृष्ट खेलाडी आयाेजक टिमका खेलाडी रवि शिव भक्तीलाई अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य नवीन मिश्रले नगद रू ५०० प्रदान गरेका थिए भने म्यान अफ दि म्याच आकाश रेग्मीलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सह-सचिव अनिल अधिकारीले नगद रू ५०० प्रदान गरेका थिए ।


अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्ताेष पाैडेलकाे प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा अनेरास्ववियु जिल्ला संयाेजक किनु घिसिङ, सह-संयाेजक विशाल पाैडेल, महिला संयाेजक स्वेच्छा, मनिषमान लगायतले नव वर्षको शुभकामना आदानप्रदान व्यक्त गरेका थिए ।  


जिल्ला संयाेजक घिसिङले आयाेजक टिमलाई जर्सी प्रदान गरेका थिए भने प्रतियोगितामा ४ वटा टिमहरूकाे सहभागीता रहेकाे थियोे । (Reporter Eros Lama)