भिमफेदी 'ए' काे पाेल्टामा खसी र ट्रफी

image
शनिबार, आश्वीन २३ २०७८

मकवानपुर, २१ असाेज/ मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरीबगैंचामा जारी दशैं कप फुटबल प्रतियोगिता-२०७८ भिमफेदी 'ए' (भिमफेदी युथ क्लब), भिमफेदी टिमले जित हात पारेका छन् । शनिबार भएकाे फाईनल खेलमा त्रिरत्न बुद्घ युथ क्लब, सानुटारलाई पेनाल्नटी सुट आउट ५-३ ले हराउँदै भिमफेदी ''ए' (भिमफेदी युथ क्लब), भिमफेदीले खसी र ट्रफी हात पारेका हुन् ।

निकै राेमाञ्चक भएकाे फाईनल खेलकाे २६ ओैं मिनेटमा सानुटार टिमका जर्सी नं. ११ का खेलाडी प्रकाश रूम्बाले विपक्षी टिमका खेलाडीलाई फल गरिएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाएकाे थियाे । त्यसकाे केही मिनेट अर्थात ३० ओैं मिनेटमा साेही टिमका जर्सी नं. १ का खेलाडी सुदीप घलानले फल गरेकाे कारणले रेफ्रीले उनलाई पहेंलाे कार्ड देखाएको थियाे । 
पहिलाे हाफकाे थप एक मिनेटकाे समयमा भिमफेदी 'ए' (भिमफेदी युथ क्लब), भिमफेदीका जर्सी नं. १५ का खेलाडी वा टिमका क्याप्टेन सन्ताेष तामाङले विपक्षी टिमलाई फल गरेकाे हुनाले उनलाई रेफ्रीले पहेंलो कार्ड देखाएको थियाे । खेल निकै उत्साहपूर्ण रहेकाे फुटबल चाैरमा रहेका दर्शकहरूकाे माहाेलले देख्न सकिन्थ्यो । खेलमा दुवै टिमकाे तर्फबाट गाेल गर्न निकै प्रयासहरू भएता पनि प्रयासहरू असफल रहेकाे थियाे । खेलकाे ४४ ओैं मिनेटमा भिमफेदी 'ए' (भिमफेदी युथ क्लब), भिमफेदीका जर्सी नं. ३ का खेलाडी विष्णु मण्डलले फल गरेको कारणले पहेंलो कार्ड पाएका थिए । खेलमा दुवै तर्फका खेलाडहरू सामान्य घाईते समेत भएका थिए । दुवै टिमका खेलाडीकाे निकै मिहनेत पश्चात दुवै टिमबाट कुनै पनि गाेल हुन नसकेपछि रेफ्रीले पेनाल्टी सुट आउटकाे नतिजा निकालिएको थियाे । 
 
पेनाल्टी सुटआउटमा भिमफेदी युथ क्लबका जर्सी नं. ३, १३, १०, ११ र ४ का खेलाडीहरूले जाली चुमाएकाे थियाे भने सानुटार टिमका जर्सी नं. ११, ९ र ७ नं. का खेलाडीहरूले पनि जाली चुमाए पनि जर्सी नं. ६ का खेलाडीले गाेल पाेष्टभन्दा बाहिर बल हानेपछि सानुटार टिम पराजित हुन पुगेकाे थियाे । 
खेलमा सबैभन्दा बढी गाेल गर्ने त्रिरत्न बुद्घ युथ क्लब सानुटारका खेलाडी बुद्ध थिङ, उत्कृष्ट खेलाडी भिमफेदी युथ क्लबका खेलाडी अर्पण लामा, उत्कृष्ट डिफेन्डर भिमफेदी युथ क्लबका खेलाडी साेनाम लामा, उत्कृष्ट गाेलरक्षक पान्द्राङ एफसी 'ए' का गाेलरक्षक अनिल लामालाई खादा ओेढाएर ट्रफी सहित सम्मान गरिएको थियाे । 
कार्यक्रमका प्रमुख अतिथी मकवानपुर जिल्ला खेलकुद समितिका अध्यक्ष टिका लामाले पहिलो हुने टिम भिमफेदी युथ क्लब, भिमफेदीलाई खसी, ट्रफी खादा र दाेश्राे हुने टिमलाई ट्रफी र खादा लगाई पुरस्कार वितरण गर्नुभएको थियाे । खेलकुद कार्यक्रम चिउरीबगैंचा युवाहरूकाे संयाेजकत्वमा सम्पन्न भएको थियाे।