११ असार, काठमाडौं । टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् ।
११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन्
काठमाडाैं, ११ असार । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृत्यु भएको हाे ।
१० असार, काठमाडौं । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।
नेपालमा कोरोना भाइरसका संक्रमित थपिएसँगै धनुषाको मिथिला नगरपालिका – ९ का ४७ वर्षिय कपिलदेव ठाकुरको नाम पनि थपिन्छ । उनि एम्बुलेन्स चालक हुन् । उनि २५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको एम्बुलेन्स चलाइरहेका छन् ।
असार,१० काठमाडौं । स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केंन्स प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।
८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।
८ असार, गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ ।